विजयादशमी (वडादशैं) २०८३ काे शुभकामना तथा विदा सम्बन्धी सूचना !
नेपालीहरूको महान् चाड विजयादशमी (बडादशैं) २०८३ को पावन अवसरमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय निर्माण उपभोक्ता समिति तथा अन्य विभिन्न उपसमितिका वर्तमान तथा पूर्व पदाधिकारी एवं सदस्यज्यूहरू, विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू, अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू, पूर्व शिक्षक तथा विद्यार्थीहरू, अभिभावकज्यूहरू, चन्दादाता, समाजसेवी, शिक्षाप्रेमी, शुभेच्छुक महानुभावहरू तथा समस्त देश–विदेशमा रहनुहुने नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, शैक्षिक उन्नति र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। दुर्गा माता र सम्पूर्ण देवदेवीहरूले देश र देशवासी सबैको कल्याण गरून् !
साथै, महान् चाड विजयादशमी २०८३ को पावन अवसरमा मिति २०८३/०६/२४ गतेदेखि मिति २०८३/०७/०८ गतेसम्म विद्यालयमा सार्वजनिक बिदा भएको र मिति २०८३/०७/०८ गते सोमबारदेखि विद्यालयको पठनपाठन नियमित रूपमा सञ्चालन हुने कुरा सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबैमा जानकारी गराइन्छ। नगरपालिकाको कार्यपात्रोअनुसारका खेलकुद लगायतका कार्यक्रमहरू बिदाको समयमा पनि सञ्चालन हुने जानकारी गराइन्छ।
सम्बन्धित समाचार
शुभ दीपावली (तिहार), छठ पर्व २०८३ को बिदा सम्बन्धी सूचना !
Nov 06, 2026
कञ्चनपुरको बेदकोट न.पा.- ५ का वडाध्यक्ष एवं नगर प्रवक्ता श्री चित्रदेव भट्टज्यूको नेतृत्वमा शैक्षिक अवलोकन तथा असल अभ्यास आदानप्रदान कार्यक्रम सम्पन्न
Nov 04, 2026
शिव माध्यमिक विद्यालयमा एसएलसी २०४९ ब्याचद्वारा रू. १ लाख २ हजार ४९ रुपैयाँको अक्षयकोष स्थापना
Nov 04, 2026